PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

मकवानपुरमा दुई जनाको शव फेला



पहिलोपोस्ट

मकवानपुरमा दुई जनाको शव फेला

हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिकामा दुई जनाको शव फेला परेको छ। आज बिहान मनहरी गाउँपालिका वडा नम्बर ७ को मनहरी बजार र वडा नम्बर ९ को रजैयामा एक-एक जनाको शव फेला परेको ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

मनहरी बजारका ५७ वर्षीय राजु प्रसाद रौनियारको मृत्यु गए राति आफ्नै घरको छतबाट खसेर भएको हुनसक्ने प्रहरीले जनाएको छ।

निरीक्षक थापाले रौनियार आफ्नो तीन तलाको घरको छतमा सुत्ने गरेको र आज बिहान परिवारले शव देखेपछि प्रहरीलाई खबर गरेको बताए। उनले शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ।

यसैगरि,मनहरीकै रजैयामा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको हो। प्रहरी निरीक्षक थापाका अनुसार स्थानीय ४२ वर्षीया अनिता गौपाली आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

गौपाली आफ्नै घरमा एक्लै बस्दै आएको र आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको थापाले बताए। प्रहरीले दुवै घटनाको अनुसन्धान भईरहेको उनले बताए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell