PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

भारतका लागि नेपालका राजदूत शर्माले बुझाए ओहोदाको प्रमाण पत्र



पहिलोपोस्ट

भारतका लागि नेपालका राजदूत शर्माले बुझाए ओहोदाको प्रमाण पत्र

काठमाडौं : भारतका लागि नेपालका राजदूत डा शंकर प्रसाद शर्माले ओहोदाको प्रमाण पत्र बुझाएका छन्। राष्ट्रपति भवनमा आयोजित समारोहमा राजदूत शर्माले भारतीय राष्ट्रपति राम नाथ कोविन्दलाई ओहोदाको प्रमाण पत्र बुझाएका हुन्।

शर्मालाई गत चैत ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन्।

मन्त्रिपरिषद्ले राजदूतमा सिफारिस गरेको ३ महिनापछि मात्रै शर्माको एग्रीमो आएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणअघि नै उनको नियुक्ति भएको भएपनि ओहोदाको प्रमाण पत्र बुझाउन नपाउँदा उनी भ्रमण टोलीमा समावेश थिएनन्।

शर्मा यसअघि अमेरिकाका लागि नेपालीको राजदूत रहिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell