PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

मतदानको दिन पानी पर्ने सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान



पहिलोपोस्ट

मतदानको दिन पानी पर्ने सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं : वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि आजबाट मौन अवधि सुरु भएको छ। देशभरका मतदान केन्द्रहरुमा अहिले मतदानस्थल निर्माण कार्य भइरहेको छ। सबै मतदानस्थलमा कर्मचारीहरु पुगिसकेका छन्। सुरक्षा अवस्थाको मूल्यांकन गरेर क्षेत्र हेरेर व्यवस्थापन गरिएको छ।

मौसम तथा पूर्वानुमान महाशाखाले मतदानका दिन पानी पर्न सक्ने भन्दै सूचना जारी गरेको छ। निर्वाचन आयोगले पनि वर्षात हुने अवस्था रहेकोले त्यही अनुसार तयारी गर्न मातहतका निकायलाई निर्देशन दिएको छ।

महाशाखाले तीनदिन लगायत देशभर पानी पर्न सक्ने जनाएको छ।

मतदानका दिन प्रदेश १, मधेश प्रदेश वाग्मती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।

२०७९ वैशाख २८ गते (बुधवार)

दिउँसो : प्रदेश १ र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेश सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ वैशाख २९ गते (बिहीवार)

दिउँसो : प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

२०७९ वैशाख ३० गते (शुक्रवार)

दिउँसो : प्रदेश १, मधेश प्रदेश, र वाग्मती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ र वाग्मती प्रदेश केही स्थानहरुमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश १ मा सामान्य बदली र देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ का केही स्थानहरूमा र बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell