
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते संसद अधिवेशन आह्वान गरेकी छिन्। नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए।
उनले सवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने हुन्छ। सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल जेठ ८ देखि ११ गतेसम्म हुने उनले बताइन्। उहाँले बताउनु भयो।
बजेट अधिवेशनको लागि संसद सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्ड लगायतका भौतिक तयारी पूरा गरेको उनले जानकारी दिए। जेठ ३ गते बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको उछ। जेठ ४ र ५ गते संसद्मा प्रि–बजेटमा छलफल हुने प्रवक्ता पाण्डेले बताए।
जेठ १२ वा १३ गते संसद्मा आर्थिक सर्वेक्षण सम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने र संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट भाषण गर्ने तयारी रहेको प्रवक्ता पाण्डेले बताए।
उनले जेठ १५ गतेपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरु निरन्तर रुपमा चल्ने बताए।