PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

जेठ १ गतेबाट विद्यालहरु पनि हप्तामा दुई दिन बिदा, शुक्रवार भने आधा छुट्टी नहुने



पहिलोपोस्ट

जेठ १ गतेबाट विद्यालहरु पनि हप्तामा दुई दिन बिदा, शुक्रवार भने आधा छुट्टी नहुने

काठमाडौं : जेठ १ गतेबाट विद्यालयहरु पनि साताको दुई दिन बिदा हुने भएको छ।

विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बसेको बैठकले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो। नेपाल सरकारले परीक्षणको लागि भन्दै जेठ १ गतेदेखि शनिवार र आइतवार दुई दिन बिदा दिने निर्णय गरिसकेको छ। स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि दुई दिन बिदा हुने भएको हो।

'सरकारको निर्णय अनुसार विद्यालयहरु पनि दुई दिन बिदा गर्ने निर्णय भएको छ,' शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले भने।

दुई दिन बिदा दिँदा शुक्रवार हुने आधा बिदा भने कटौती गरिएको छ। शुक्रवार पूरा दिन विद्यालय खुल्नेछ। बाँकी हुने बिदाहरु मिन पचास बिदाबाट मिलाउने निर्णय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell