PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

कलङ्की चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु



रासस

कलङ्की चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं : काठमाडौं महानगरपालिका-१४ कलङ्की चोकमा टिपरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नम्बरको टिपरले बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबेँशी नगरपालिका-२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो। उक्त दुर्घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उता ललितपुर महानगरपालिका-२४ घापाखेल बस्ने सिरहाका २६ वर्षीय भीम विकको करेन्ट लागेर मृत्यु भएको छ। सोही ठाउँ बस्ने नारायण घिमिरेको निर्माणाधीन तीन तले घरको माथिल्लो तलामा काम गर्ने क्रममा मंगलवार करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-२ बस्ने २७ वर्षीय रामराज खड्कीलाई प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत पाटनको २०७८ चैत २५ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा तीन दिन कैद र १० लाख रुपैयाँ जरिबाना ठहर भई फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell