PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

‘हाउस अफ लर्ड्स’मा प्रिन्स चार्ल्सको पहिलो सम्बोधन



पहिलोपोस्ट

‘हाउस अफ लर्ड्स’मा प्रिन्स चार्ल्सको पहिलो सम्बोधन
PHOTO: BEN STANSALL/POOL/AFP VIA GETTY IMAGES

प्रिन्स चार्ल्सले बेलायतको संसद्लाई पहिलो पटक सम्बोधन गरेका छन्। संसद्को नयाँ सत्र सुरु हुनुअघि महारानी एलिजाबेथको स्थानमा प्रिन्स चार्ल्सले सम्बोधन गरेका हुन्।

महारानी एलिजाबेथको स्वास्थ्य स्थिति ठिक नभएका कारण उनले संसद्लाई सम्बोधन गरेको बताइएको छ

‘हाउस अफ लर्ड्स’मा उनले आफ्नो सरकारका प्राथमिकताहरूको रूपरेखा प्रस्तुत गरेका थिए। जसमा उनले सांसदहरूसामु विधेयकहरूको सूची समेत प्रस्तुत गरेका थिए।

‘प्लाटिनम जुबली’ र बर्मिङ्घममा हुन लागेको २०२२ को ‘कमनवेल्थ गेम्स’को चर्चा गर्दै उनको सम्बोधन सकिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell