PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

लुम्बिनी प्रदेशमा निर्वाचनको दृश्य



पहिलोपोस्ट

लुम्बिनी प्रदेशमा निर्वाचनको दृश्य

काठमाडौं : शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा पाँच हजार १३३ पदका लागि मतदान हुँदै छ। लुम्बिनी प्रदेशका १२ जिल्लाका  १०९ स्थानीय तह र तिनका ९८३ वडामा जन प्रतिनिधि चयनका लागि मतदान हुँदै छ। 

प्रदेशमा एक हजार ६२९ मतदानस्थलमा रहेका तीन हजार ८३२ मतदान केन्द्रबाट वैशाख २९ गते १८ वर्ष पुगेका ३२ लाख १९ हजार ४५७ मतदाताले मतदान गर्न पाउने छन्। 

लुम्बिनी प्रदेशमा १६ लाख एक हजार ३५२ महिला, १६ लाख १८ हजार ७३ पुरुष र ३२ अन्य लैंगीक समूहका मतदाताले मतदानमा सहभागि हुन पाउने छन्। 
कति छन् उम्मेदवार?

प्रदेशका ४ उपमहानगरपालिका, ३२ नगरपालिकाका ३६ प्रमुखका लागि ३९१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। ३६ उपप्रमुखका लागि २७५ जनाको उम्मेदवारी कायम छ। 

त्यस्तै ७३ गाउँपालिका अध्यक्षका लागि ४९३ र उपाध्यक्षका लागि ९३२ जनाको उम्मेदवारी कायम रहेको आयोगको तथ्यांकमा उल्लेख छ। 

त्यस्तै ९८३ वडाध्यक्षका लागि चार हजार ९२१ जना चुनावी प्रतिस्पर्धामा छन्।  प्रत्येक वडाका १ महिला सदस्यका लागि तीन हजार ९७७ र एक महिला दलित सदस्यका लागि तीन हजार ७०७ जना चुनावी प्रतिस्पर्धामा छन्। लुम्बिनी प्रदेशमा एक हजार ९६६ खुला सदस्यका लागि ८ हजार २७० जनाको उम्मेदवारी कायम छ। लुम्बिनी प्रदेशमा रहेका कुल २२ हजार ४३६ उम्मेदवार मध्ये  ८ हजार ७६६ महिला र १३ हजार ६६० पुरुष उम्मेदवार छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell