PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश



पहिलोपोस्ट

हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

हेटौँडा : सर्वोच्च अदालतले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्ने वाग्मती प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्चको संवैधानिक इजलाशले यस्तो आदेश दिएको हो। न्यायाधीश दीपक कुमार कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, आनन्द मोहन भट्टराई, हरिकृष्ण कार्कीको इजलासले प्रतिष्ठानबाट हेटौँडा अस्पताललाई अलग गर्नुको कारणसहित उपस्थित हुन वाग्मती प्रदेश सरकारलाई आदेश दिएको छ।

सरकारले अध्यादेशमार्फत अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णयउपर प्रतिष्ठानले सर्वोच्चमा उत्प्रेषण परमादेशको रिट दायर गरेको थियो। प्रचलित संघीय कानुनसँग बाझिने गरी वाग्मती प्रदेश सरकारले अध्यादेश जारी गरेको भन्दै रिट दायर भएको थियो।

तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले संघीय सरकारको स्वामित्वमा रहँदा अस्पतालको गुणस्तर र व्यवस्थापनमा कमजोरी देखिएको भन्दै प्रतिष्ठान स्थापना गरेका थिए।

अघिल्लो सरकारको गौरवका आयोजना निस्प्रभावी पार्दै आएको हालको प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कमजोर बनाउने नियत राखेर ऐन संसोधन गरेको भन्दै चर्को विरोध भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell