PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

सर्वोच्चको न्यायिक सुधारको कार्ययोजना तयार गर्ने जिम्मेवारी मुद्दा व्यवस्थापन समितिलाई



पहिलोपोस्ट

सर्वोच्चको न्यायिक सुधारको कार्ययोजना तयार गर्ने जिम्मेवारी मुद्दा व्यवस्थापन समितिलाई

काठमाडौं : सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायिक सुधारको कार्ययोजना तयार गर्न मुद्दा व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको छ। आज बसेको पूर्ण बैठकले समितिमा आवश्यक गृहकार्य गरी सुधारका मार्गचित्र सहितको कार्ययोजना तयार गर्ने जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश दीपक कमार कार्कीको संयोजकत्वमा बसेको पूर्ण बैठकमा न्यायाधीश तिलप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा विचाराधिन पुराना बक्यौता मुद्दा न्यूनिकरण गर्ने तथा न्यायिक सुधारका लागि चाल्नुपर्ने विविध उपायहरु सहितको प्रस्तुति गरेका थिए।

उक्त प्रस्तुतिपछि सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश र  न्यायाधीशहरुले आ-आफ्नो विचार राखेका थिए।

‘प्रस्तुतिमा उठेका सुधारका विषयहरुलाई व्यवहारिक रुपमा कार्यान्वयनमा लैजानको लागि माननीय न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ संयोजक रहेको मुद्दा व्यवस्थापन समितिमा आवश्यक गृहकार्य गरी सुधारका मार्गचित्र सहितको कार्ययोजना तयार गर्ने जिम्मेवारी प्रदान गरेको व्यहोरा जानकारी गराइन्छ,’ सर्वोच्चको विज्ञप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell