PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

मतदाता नामावलीमा नाम छ? परिचयपत्र नभए पनि यी कागजातबाट गर्न पाइन्छ मतदान



पहिलोपोस्ट

मतदाता नामावलीमा नाम छ? परिचयपत्र नभए पनि यी कागजातबाट गर्न पाइन्छ मतदान

काठमाडौँः निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर परिचयपत्र नभएका मतदाताले अन्य परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने निर्णय गरेको छ। आयोगको निर्णय अनुसार अन्तिम नामावलीमा नाम भएमा अन्य परिचयपत्रका आधारमा मत हाल्ने व्यवस्था मिलाउन आयोगले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको हो। 

आयोगले परिचयपत्र नभएमा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी तथा जग्गा धनी प्रमाण पूर्जाका आधारमा पनि मतदानको व्यवस्था मिलाउन निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो। 

अन्य परिचयपत्रका आधारमा मतदान गर्नका लागि मतदाता नामावलीमा नाम भने समावेश हुनुपर्ने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell