PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राजस्थान रोयल्सलाई हराउँदै दिल्ली शीर्ष पाँचमा



पहिलोपोस्ट

राजस्थान रोयल्सलाई हराउँदै दिल्ली शीर्ष पाँचमा
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हराएको छ। मुम्बइस्थित डीवाइ पाटिल स्पोर्टस एकेडेमीको मैदानमा सम्पन खेलमा दिल्लीले राजस्थानमाथि ८ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले ११ बल बाँकी छँदा २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

राजस्थानमा लागि रविचन्द्रन अश्विनले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५० रन बनाउँदा देवदत्त पार्डिकलले ४८, यशस्व जसवालले १९ रनको महत्वपूर्ण योगदान दिए। बलिङतर्फ दिल्लीका चेतन साकारिया, एनरिच नोर्किया र मिचेल मार्सले समान २ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको उत्रिएको दिल्ली २ विकेट क्षतिमा १८.१ ओभरमै लक्ष्य पुरा गर्‍यो। ओपनर श्रीकर भरतलाई शुन्य रनमै गुमाएको दिल्लीका लागि अर्का ओपनर डेभिड वार्नरले मिचेल मार्ससँग उत्कृष्ट पारि खेल्दै टिमको स्कोर उकासेका थिए। वार्नरले अविजित ५२ रन बनाउँदा मार्सले ८९ रन बनाएका थिए। त्यस्तै ऋषभ पन्त १३ रनमा अविजित रहे। राजस्थानका लागि ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलले समान १ विकेट लिए।

जितसँगै १२ खेलबाट १२ अंक जोडेको दिल्ली शीर्ष पाँचमा उक्लिएको छ भने १४ अंक जोडेको राजस्थान तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell