PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

म्यानचेस्टर सिटीको फराकिलो जित



पहिलोपोस्ट

म्यानचेस्टर सिटीको फराकिलो जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वुल्भसमाथि फराकिलो जित निकालेको छ। मोलिनिउक्स स्टेडियममा सम्पन्न खेलमा सिटीले घरेलु टोलीमाथि ५-१ गोलको फराकिलो जित निकालेको हो।

सिटीको जितमा केभिन डी ब्रुएनाले चार गोल गर्दा रहीम स्ट्रलिङले एक गोल गरे।

खेलको सातौं मिनेटमै बर्नान्डो सिल्भाको पासमा गोल गर्दै ब्रुएनाले सिटीलाई अग्रता दिलाएका थिए। तर, ११ औं मिनेटमा घरेलु टोलीका लेन्डेर डेन्डोनकरले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै १६ र २४ औं मिनेटमा गोल गर्दै ब्रुएनाले ह्याट्रिक पुरा गर्दा पहिलो हाफमा सिटी ३-१ गोलअन्तरले अघि रह्यो। दोस्रो हाफमा ब्रुएनाले चौथो गोल पनि थपे। उनले खेलको ६० औं मिनेटमा औं मिनेटमा गोल गर्दा ८४ औं मिनेटमा रहीम स्ट्रलिङले गोल थपे।

जितसँगै सिटीले अंकतालिकाको शीर्षस्थानमा तीन अंकको अग्रतालाई फेरि कायम राखेको छ। उपाधि होडमा रहेका सिटी र लिभरपुलले समान ३६ खेलबाट ८९ र ८६ अंक जोडेका छन्। सिटीलाई च्याम्पियन बन्न अबका दुईखेलबाट ४ अंक आवश्यक पर्नेछ।

त्यस्तै गएराति नै सम्पन्न अन्य खेलमा चेल्सीले लिड्स युनाइटेडलाई ३-० गोलअन्तरले हराउँदा लेस्टर सिटीले पनि नर्विच सिटीलाई ३-० गोलअन्तरले नै हरायो। त्यस्तै वार्टफोड र एभर्टन गोलरहित बराबरीमा रोकिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell