PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

वाग्मती प्रदेशमा निर्वाचन: ११९ स्थानीय तहका एक हजार १२१ वडामा नेतृत्वका लागि मतदान, तथ्यांकमा के छ?



विधुर ढकाल

वाग्मती प्रदेशमा निर्वाचन: ११९ स्थानीय तहका एक हजार १२१ वडामा नेतृत्वका लागि मतदान, तथ्यांकमा के छ?

काठमाडौं : शुक्रवार हुने स्थानीय तहको निर्वाचनको मुख्य लडाइको केन्द्र वाग्मती प्रदेश छ। वाग्मती प्रदेशका तीन महानगरपालिकासहितका ११९ स्थानीय तहका एक हजार १२१ वडामा नेतृत्व चयन गर्नका लागि मतदान हुँदै छ। 

वाग्मती जिल्लाका १३ जिल्लामा रहेका एक हजार ७९२ मतदान स्थलमा रहेका चार हजार ९५ मतदान केन्द्र मार्फत मतदान हुँदै छ। मतदानमा ३४ लाख १२ हजार ८६९ मतदाताले मतदान गर्दै छन्। 

यसपटक वाग्मती प्रदेशमा १७ लाख ७ हजार ९४२ महिला र १७ लाख ४ हजार ८९८ पुरुष तथा २९ जना अन्य लैंगीक समूहका मतदाता रहेका छन्। 

 

वाग्मती प्रदेशमा तीन महानगर, एक उममहानगर र ४१ नगरपालिका ४५ प्रमुख र उपप्रमुख तथा ७४ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष निर्वाचित हुँदै छन्। वाग्मतीमा एक हजार १२१ वडाध्यक्ष र चार हजार ४८४ जना वडा सदस्यहरुसमेत निर्वाचित हुँदै छन्। 

वाग्मती प्रदेशमा ४५ प्रमुखका लागि ५१८ जनाको उम्मेदवार चुनावी मैदानमा छन्। त्यस्तै २९९ जना उपमेयरको प्रतिस्पर्धामा छन्। 
७४ गाउँपालिका अध्यक्षका लागि ५१९ जनाको उम्मेदवारी परेको छ। त्यस्तै उपाध्यक्षका लागि भने २९९ जना प्रतिस्पर्धामा छन्। 

त्यस्तै पाँच हजार २२१ जना वडाध्यक्षको प्रतिस्पर्धामा छन्। चार हजार ४८४ वडा सदस्यका  लागि १५ हजार ७८५ जनाको मनोनयन परेको छ। 

वडा सदस्यका उम्मेदवार मध्ये चार हजार ३४ जना महिला सदस्य र दलित महिला सदस्यका लागि तीन हजार ३३० जनाको उम्मेदवारी परेको छ। दुई खुला सदस्यका लागि ८ हजार ४२१ जनाको मनोनयन परेको छ। 

उम्मेदवारी दिएका मध्ये ८ हजार ४४७ जना महिला र १४ हजार २१८ जना पुरुष छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell