PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उत्तर कोरियामा पहिलो कोभिड १९ संक्रमणको पुस्टी, किम जोङले दिए लकडाउन गर्न निर्देशन



पहिलोपोस्ट

उत्तर कोरियामा पहिलो कोभिड १९ संक्रमणको पुस्टी, किम जोङले दिए लकडाउन गर्न निर्देशन
Kyodo/via REUTERS

उत्तर कोरियाले आधिकारिक रुपमा पहिलो कोभिड १९ संक्रमणको पुष्टी गरेको छ। त्यहाँको राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजधानी प्योङयाङमा ओमिक्रनको सबभेरियन्टको संक्रमणको बिहीवार पुष्टी गरिएको र सँगसँगै लकडाउनको पनि घोषणा गरिएको हो।

'देशमा सबैभन्दा ठूलो आपतकालीन घटना भएको छ, फेब्रुअरी २०२० देखि विगत दुई वर्ष र तीन महिनामा सुरक्षित राखिएको हाम्रो आपतकालीन क्वारेन्टाइन फ्रन्टमा प्वाल भएको छ,' केएनसीए समाचार एजेन्सीले भनेको छ।

रिपोर्टमा प्योङयाङका मानिसहरूले केस संख्या वा संक्रमणको सम्भावित स्रोतहरूको विवरण नदिई ओमिक्रोन भेरियन्टमा सङ्क्रमण भएको बताएको छ। संक्रमितको नमुना मे ८ मा संकलन गरिएको बताइएको छ।

उत्तर कोरियाली नेता किम जोङ उनले कोरोनाभाइरसको पहिलो प्रकोपको प्रतिक्रियाबारे छलफल गर्न वर्कर्स पार्टीको बैठकको अध्यक्षता गरेपछि यो रिपोर्ट प्रकाशित भएको थियो।

किमले देशका सबै शहरहरू र क्षेत्रलाई कोरोनाभाइरसको फैलावट रोक्नको लागि 'कडा लकडाउन' गर्न आदेश दिएको रोयटर्सले केएनसीएलाई उदृत गर्दै जनाएको छ।

छिमेकी मुलुकहरु दक्षिण कोरिया र चीनमा ओमिक्रोन भेरियन्टको संक्रमण व्यापक रूपमा रिपोर्ट गरिएको अवस्थामा उत्तर कोरियालेले देशमा एउटा पनि कोरोनाभाइरस संक्रमणको पुष्टि नगर्दा दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले शंका व्यक्त गरेका थिए।

यसअघि बिहीबार चिनियाँ राष्ट्रिय टेलिभिजनले उत्तर कोरियाका नागरिकमा संदिग्ध फ्लुको लक्षण देखिएको भन्दै कोभिड १९ को उल्लेख नगरि उत्तर कोरियाले उत्तर कोरियाले आफ्ना मानिसहरूलाई मे ११ देखि घरमा बस्न आवश्यक रहेको रिपोर्ट गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell