PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राजस्थानमा अदालतले हत्याको प्रमाणहरु माग्दा प्रहरीले भन्यो: बाँदरले लग्यो



पहिलोपोस्ट

राजस्थानमा अदालतले हत्याको प्रमाणहरु माग्दा प्रहरीले भन्यो: बाँदरले लग्यो
फाइल फोटो

भारतको जयपुरको एउटा तल्लो अदालतले राजस्थान पुलिससँग हत्याको प्रमाणहरु माग्दा पुलिसले प्रमाणहरु बाँदरले लगेको जनाएको छ। सन् २०१६ मा भएको एउटा युवकको हत्याको सन्दर्भमा अदालतले जफत गरिएका प्रमाणहरु पुलिससँग त्यो प्रमाण हाल आफूसँग नभएको जनाएको छ।

जयपुरका एसपी मनिष अग्रवालले उक्त प्रमाणहरु बाँदरले लगेको जवाफ दिएका छन्। 'यो सन्दर्भ २०१६ को हो। तत्कालिन इन्चार्जले सन् २०१७ मा प्रमाणहरु भेलापारेर राखेका थिए। तर, त्यो बाँदरले लग्यो।' उनले भनेका छन्।

पुलिसका अनुसार हत्याको महत्वपूर्ण प्रमाणहरु चक्कु, रगत लागेको कपडा, त्यहाँको माटो, रगतको स्याम्पल, चप्पल, मोबाइललगायत हत्यासँग जोडिएका १५ प्रमाणहरु एक ठाउँमा 'कट्टा'मा राखिएको तर त्यसलाई बाँदरले लगेको हो।

अदालतले यस जवाफमा असन्तुष्टी जनाउएको छ। सरकारी वकिलले एसपीलाई पत्र लेख्दै यसको छानविन गर्न  र सबै प्रमाणलाई अदालतमा पेश गर्न माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell