PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

सामान्य तथा मध्यम वर्षाको सम्भावना



पहिलोपोस्ट

सामान्य तथा मध्यम वर्षाको सम्भावना
फाइल फोटो

काठमाडौं: जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीवार) देशका पाँच वटा प्रदेशमा वर्षा हुने जनाएको छ।

महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १ र मधेस प्रदेशमा सामान्य बदली हुनेछ। त्यस्तै अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आज प्रदेश १, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने जनाएको छ।

शुक्रवार पनि यी ५ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले महाशाखाले शतर्कता अपनाउन आग्रह गरेको छ। न्युज एजेन्सी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell