PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

लाइसेन्सका लागि यातायातले तयार पार्‍यो नयाँ सफ्टवेयर, सेवाग्राहीले सजिलै फर्म भर्न सक्छन्?



पहिलोपोस्ट

लाइसेन्सका लागि यातायातले तयार पार्‍यो नयाँ सफ्टवेयर, सेवाग्राहीले सजिलै फर्म भर्न सक्छन्?

काठमाडौं: दैनिक १५ हजारले सेवा पाउने गरि यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रको नयाँ सफ्टवेयर तयार पारेको छ। २४ वटा कार्यालयबाट दैनिक १५ हजारलाई सेवा दिने गरि सफ्टवेयर तयार पारिएको हो।

विभागका महानिर्देशक नमराज घिमिरेले नयाँ सफ्टवेयरमा सेवाग्राहीले फर्म भर्न सास्ती भोग्नु नपर्ने जिकिर गर्छन्।

'यो सफ्टवेयरमा कोटा तोकिएको छ। कोटा रहेसम्म सफ्टवेयरले स्वीकृत गर्छ भने सकिएपछि आफै अस्वीकृत गर्छ,' उनले बिजमाण्डूसँग भने, 'पहिलाको जस्तो सिस्टम डाउन भएर सेवाग्राहीले सास्ती भोग्नुपर्दैन्।' नयाँ सफ्टवेयरमा एपिआई जडान गर्न बाँकी छ। तर विभागले डेमो गरेर हेर्दा कुनै समस्या नदेखिएको घिमिरेले बताए।

घिमिरेका अनुसार पुराना सवारी चालक अनुमतिपत्र लिन पर्खेर बसेकाहरु उपत्यका बाहिरबाट दिइने लाइसेन्सको ट्रायल लगभग सकिएको अवस्था छ।

उपत्यकाभित्रको हकमा मात्रै अलि धेरै रहेका छन्। 'ट्रायल फेल भएकाहरुको केही बाँकी हो। ट्रायल फेल हुनेहरुले दुई पटकसम्म दोर्‍याएर दिन पाउने व्यवस्था रहेको छ,' उनले भने, 'तर वैशाखभरी जसरी पनि सबै पुरानो ट्रायल सकिन्छ।' अहिले देशभर करिब साढे सात लाख सेवाग्राही नयाँ लाइसेन्स अनुमतिका पर्खाइमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell