PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

रसिया विश्वकै लागि प्रत्यक्ष खतरा : युरोपियन कमिसन अध्यक्ष



पहिलोपोस्ट

रसिया विश्वकै लागि प्रत्यक्ष खतरा : युरोपियन कमिसन अध्यक्ष
Photo : Reuters

युरोपियन कमिसनका अध्यक्ष उरसुला भोन डेर लेएनले रसिया विश्वकै लागि ‘प्रत्यक्ष खतरा’ भएको बताएकी छिन्। टोक्योमा जापानी प्रधानमन्त्री फुमियो किशिदासँगको छलफलपछि उनले रसियाको आलोचना गरेकी हुन्।

रसिया र युक्रेनबिच युद्ध सुरु भएको आज ७७ दिन पुगेको छ। डोनबास र लुहान्स्कलाई नियन्त्रणमा लिन दुवै पक्षबिच अझै लडाइँ भइरहेको छ। यही बेला टोक्यो पुगेकी लेएनले रसिया विश्वकै लागि प्रत्यक्ष खतरा भएको बताएकी हसन्।

यस्तै उनले चीन र रसियाको सम्बन्धले पनि विश्वमा असर परिरहेको बताइन्।

रसियाले युक्रेनका दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरेपछि सुरु भएको युद्ध रोक्न धेरै प्रयास भए पनि सफल हुन सकेको छैन। दुवै देश वार्तामा बसे पनि कुनै निष्केर्ष निस्कन सकेको छैन। अन्य देश र संस्थाले मध्यस्थता गर्ने प्रयास गरे पनि कुनै सफलता मिलेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell