काठमाडौं : भोलि (शुक्रवार) स्थानीय तह निर्वाचन हुँदैछ। देशभर ७५३ वटा स्थानीय तहमा अहिले निर्वाचनको अन्तिम तयारी भइरहेको छ।
भक्तपुर नगरपालिकामा पनि निर्वाचनका लागि मतदानस्थल र बुथ निर्माणको काम भइरहेको छ। मतदानपछि मतगणना गर्न भक्तपुर नगरपालिकाको भवनमा मतगणनास्थल निर्माण गरिएको छ।
स्थानीय तह निर्वाचनपश्चात मतगणना गर्नको लागि भक्तपुर नगरपालिकामा ३ वटा मतगणनास्थल निर्माण गरिँदैछ। मतगणनाका लागि जाली लगाई मतगणनास्थल सुरक्षित पारेर सिसी क्यामेरा, ब्याक अप, आकस्मिक बत्री, इन्टरनेटसमेत जडान गरिसकेको भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जानकारी दिए।