PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

ताप्लेजुङमा मृतावस्थामा फेला परे एक युवा



रासस

ताप्लेजुङमा मृतावस्थामा फेला परे एक युवा

ताप्लेजुङ : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ दुम्जाका एक युवक मृतावस्थामा फेला परेका छन्।

बुधवार साँझ दोभानबाट आफ्नो घर खोक्लिङतर्फ गएका २४ वर्षीय विमल कार्की मृतावस्थामा फेला परेका हुन्। जेसीबी अपरेटरका रुपमा काम गर्दै आएका उनी मतदानका लागि छुट्टी लिएर घरतर्फ गएका थिए।

बेलुकासम्म परिवारसँग सम्पर्क भए पनि समयमा घर नपुगेपछि खोजतलास गर्ने क्रममा मृतावस्थामा फेला परेको स्थानीयले बताएका छन्। घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell