PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

पूर्व सांसद श्रेष्ठसहित भरतपुरका पाँच जनालाई कांग्रेसले गर्‍यो निलम्बन



पहिलोपोस्ट

पूर्व सांसद श्रेष्ठसहित भरतपुरका पाँच जनालाई कांग्रेसले गर्‍यो निलम्बन

काठमाडौं : नेपाली कांग्रेसले पूर्व सांसद भीमबहादुर श्रेष्ठसहित चितवनका पाँच जनालाई पार्टीको साधारण सदस्यबाटसमेत निलम्बन गरेको छ। पार्टी हित विपरित कार्य गरेको भन्दै कांग्रेसले पूर्वसांसद श्रेष्ठलाई निलम्बन गरेको हो।

उनीसहित नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भु अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशील सदस्य डा. केशव पौडेललाई पनि निलम्बन गरेको कांग्रेसले जनाएको छ।

'जिल्लाले हिजो कारवाही गर्न सिफारिस गरेर पठाएको थियो। आज पार्टीले पाँचै जनालाई निल्मबन गरेको हो,' कांग्रेस केन्द्रीय कार्यालयमा कार्यवाहक मुख्य सचिव डा प्रदीप पराजुलीले जानकारी दिए।

गठबन्धनले भरतपुरमा रेनु दाहाललाई मेयरको उम्मेदवार बनाएको छ। कांग्रेस नेता जगन्नाथ पौडेलले भने असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिएका छन्। कांग्रेसले बागीलाई यसअघि नै पार्टीबाट निलम्बन गरिसकेको छ। जगन्नाथका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेललाई समेत कांग्रेसले यसअघि नै निस्कासन गरिसकेको छ। श्रेष्ठ र अर्याल पछिल्लो समय जगन्नाथको पक्षमा खुलेर लागेका नेता हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell