PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मतदानका लागि तयारी अन्तिम चरणमा, काठमाडौंमा यसरी बन्दैछ मतदानस्थलहरु

मतदानका लागि तयारी अन्तिम चरणमा, काठमाडौंमा यसरी बन्दैछ मतदानस्थलहरु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : शुक्रवार हुने स्थानीय तह निर्वाचनको लागि मतदानस्थलहरुमा धमाधम तयारी भइरहेको छ। काठमाडौंमा पनि निर्वाचन लक्षित तयारी तीब्र गतिमा भइरहेको छ।

गोकर्णेश्वर नगरपालिकाको मतदान केन्द्र रहेको चामुण्डा माध्यामिक विद्यालयमा मतदानकेन्द्र निर्माण कार्य भइरहेको छ। उक्त मतदान केन्द्रका अधिकृत ध्रोण तिमिल्सिनाले ८० प्रतिशत काम सकिएको जानकारी दिए।

भने, ’८० प्रतिशत तयारी सकिसकेको छ। बाँस राख्ने देखि डोरी राखेर क्षेत्र निर्धारण गरिसकेका छौं।’

भोलि वर्षा हुने सम्भावना रहेकोले पालहरुको व्यवस्था पनि भइरहेको उनले जानकारी दिए। ‘पानी पर्ने सक्ने सम्भावना छ। त्यसैले पाल राख्ने तयारी हामीले गरिरहेका छौं।’

काठमाडौं महानगरपालिकाको मतदान केन्द्रहरुमा पनि मतदानस्थल निर्माण कार्य अहिले धमाधम भइरहेको छ। मतदान केन्द्रबाट मतदाता परिचयपत्र बाँड्ने काम पनि भइरहेको छ। वर्षाको सम्भावना रहेकोले महानगरभित्रका मतदानकेन्द्रहरुमा पनि पाल राख्ने कार्य भइरहेको छ। काठमाडौँ महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ । 



ट्रेन्डिङ पोस्ट

Ncell