PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

नियोजित रुपमा चरित्र हत्या गर्ने प्रयास भयो : समिम मियाँ अन्सारी



पहिलोपोस्ट

नियोजित रुपमा चरित्र हत्या गर्ने प्रयास भयो : समिम मियाँ अन्सारी

काठमाडौं : मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पैसा बाँडेको भनेर आफ्नो चरित्र हत्या गरिएको आरोप लगाएका छन्। उनले फेसबुक मार्फत आफूलाई होटलमा आएर केही व्यक्तिले अभद्र व्यवहार गरेको समेत बताएका छन्।

अन्सारीले निर्वाचनका समयमा पैसा बाँडेपछि प्रहरीले नियन्त्रणमा लिएको भन्ने समाचार आएको थियो। तर, उनले आफूलाई प्रहरीले पक्राउ गरेको भन्ने समाचार झुटो भएको बताए।

‘नियोजित रुपमा चरित्र हत्या गर्ने प्रयासको वावजुत केही गुण्डाहरुले जनकपुरको सीता सरण होटलमा आएर अभद्र व्यवहार गरेको र सुरक्षाकर्मीले सुरक्षा दिएर अहिले काठमाडौं पुगिसकेको छु। प्रहरीले पक्राउ गरेको भन्ने गलत खबर हो,’ उनले भने।

२०७५ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए। उनीविरुद्ध नागरिकता र शैक्षिक प्रमाणपत्र किर्ते गरेको उजुरी परेको थियो जसलाई संसदीय समितिले टुंगोमा पुर्‍याउन नसक्दा स्वत: उनको नियुक्ति सदर भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell