काठमाडौँ: सुदुरपश्चिम प्रदेशमा शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचनमा एक हजार १३५ मतदान स्थलका दुई हजार १०३ मतदान केन्द्रमा मतदान हुँदैछ। सुदूरपश्चिममा यसपटक वैशाख २९ गते बिहीबारसम्म १८ वर्ष पूरा भएका १६ लाख ३२ हजार १५० मतदाताले मतदानमा सहभागिता जनाउँदै छन्।
जसमध्ये ८ लाख ३१ हजार १४७० महिला, ८ लाख ६६२ पुरुष र १८ जना अन्य लैंगिक समूहका मतदाता रहेका छन्।
कति छन् उम्मेदवार?
सुदुरपश्चिमा १ उपमहानगरपालिका र ३३ नगरपालिकाका प्रमुखका लागि २०२ जनाको मनोनयन छन। त्यस्तै उपप्रमुखमा १५९ जना उम्मेदवार छन्।
५४ गाउँपालिकाका अध्यक्षका लागि २३० र उपाध्यक्षका लागि १७८ जनाको उम्मेदवारी परेको छ।
त्यस्तै सुदुरपश्चिमका ७३४ वडाहरुका वडाध्यक्षका लागि दुई हजार ७९८ जना चुनावी प्रतिस्पर्धामा छन्। हरेक वडामा एक महिला सदस्य र एक दलित महिला सदस्य निर्वाचित हुने छन्। ७३४ वडामा दुई हजार ३२८ महिला सदस्य र दुई हजार १७९ जना दलित महिला सदस्यका उम्मेदवार छन्।
त्यस्तै हरेक वडामा दुई खुला सदस्य निर्वाचित हुने छन्। त्यसका लागि चार हजार ७९४ जनाको उम्मेदवारी परेको छ। यहाँ कुल मतदाताको ३७.९ प्रतिशत महिला र ६२.१ प्रतिशत पुरुष उम्मेदवार छन्।
सुदुर पश्चिममा चार हजार ८७७ महिला चुनावी प्रतिस्पर्धामा उत्रिँदा सात हजार ९९१ जना पुरुष उम्मेदवार पनि चुनावमा भिडिरहेका छन्।