PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

करिब ४ हजार पदका लागि १२ हजार उम्मेदवार, तथ्यांकमा गण्डकी प्रदेश



विधुर ढकाल

करिब ४ हजार पदका लागि १२ हजार उम्मेदवार, तथ्यांकमा गण्डकी प्रदेश

काठमाडौं : शुक्रवार हुने स्थानीय तहको निर्वाचनमा गण्डकी प्रदेशबाट तीन हजार ९६५ जना जनप्रतिनिधि निर्वाचित हुँदै छन्। 

एक महानगरपालिकासहित २६ नगरपालिका र ५८ गाउँपालिकाका प्रमुखसहित ७६९ वडाध्यक्ष निर्वाचित हुँदैछन्। यस निर्वाचनमा तीन हजार ३६ वडा सदस्यसमेत निर्वाचित हुँदैछन्। 

तीन हजार ९६५ जनप्रतिनिधिका लागि १२ हजार ९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। 

गण्डकी प्रदेशमा यसपटक एक हजार २५३ वटा मतदानस्थलमा रहेका दुई हजार ३०० मतदान केन्द्र मार्फत वैशाख २९ गते सम्म १८ वर्ष पूरा गरेका १७ लाख ८९ हजार ४११ मतदाताले मतदान गर्न पाउनेछन्। 

गण्डकी प्रदेशमा ९ लाख २४ हजार ९४८ महिला, ८ लाख ६४ हजार ४५२ पुरुष र ११ अन्य लैंगीक समूहका मतदाता रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ। 

कति छन् उम्मेदवार ?

एक महानगर र २६ नगरपालिकाका प्रमुखका लागि १९१ जना चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगको अद्यावधिक तथ्यांकमा उल्लेख छ।  त्यस्तै १३६ जनाले उपप्रमुख पदका लागि मनोनयन दर्ता गराएका छन्। 

गण्‍डकी प्रदेशमा रहेका ५८ गाउँपालिकाका अध्यक्षका लागि २५३ र उपाध्यक्षका लागि २०७ जना प्रतिस्पर्धामा छन्। त्यस्तै ७५९ वडाध्यक्षका लागि यसपटक दुई हजार ६३६ जना चुनावी मैदानमा छन्। 

तीन हजार ३६ कुल वडा सदस्यका लागि ८ हजार ५८६ जना उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये महिला सदस्यका लागि २ हजार ११८ र दलित महिला सदस्यका लागि एक हजार ९४२ जना चुनावी मैदानमा होमिएका छन्। 

प्रत्येक वडाबाट निर्वाचित हुने दुई खुला सदस्य पदका लागि गण्डकी प्रदेशका ७५९ वडाबाट चार हजार ५२६ जना चुनावी प्रतिस्पर्धामा छन्।  गण्डकी प्रदेशमा रहेका १२ हजार ९ उम्मेदवार मध्ये चार हजार ६४९ महिला र सात हजार ३६० पुरुष उम्मेदवार छन्। 


 

 

 

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell