PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

काठमाडौं महानगर प्रमुखका कुन उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?



पहिलोपोस्ट

काठमाडौं महानगर प्रमुखका कुन उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?

काठमाडौं : शुक्रवार हुने स्थानीय तह निर्वाचनका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।

काठमाडौं महानगरपालिकाका मतदान केन्द्रहरुमा पनि तयारी पूरा भएको छ। काठमाडौँ महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ ।  

काठमाडौं महानगरपालिकाको प्रमुख पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएकी सिर्जना सिंहले वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्ने छिन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट प्रमुख पदको उम्मेदवारी दिएका केशव स्थापितले वडा नम्बर २८ स्थित पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गर्नेछन्।

विवेकशील साझाबाट प्रमुखको उम्मेदवारी दिएकी समीक्षा बास्कोटाले वडा नम्बर ३१ स्थित भ्याली भ्यु मतदान केन्द्र र स्वतन्त्रबाट प्रमुखकै उम्मेदवारी दिएका वालेन्द साह (वालेन) ले वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान गर्नेछन्। यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमिले कालीमाटी केन्द्रबाट मतदान गर्नेछन्।

त्यसैगरी गठबन्धनकै तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले वडा नम्बर १२ र एमालेको तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएकी सुनिता डंगोलले वडा २१ बाट मतदान गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell