PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

प्रेम आलेले ज्यान मार्ने धम्की दिएकोमा निर्वाचन आयोगमा उजुरी, आचारसंहिता उल्लंघनमा ६६ जनालाई स्पष्टीकरण



पहिलोपोस्ट

प्रेम आलेले ज्यान मार्ने धम्की दिएकोमा निर्वाचन आयोगमा उजुरी, आचारसंहिता उल्लंघनमा ६६ जनालाई स्पष्टीकरण

काठमाडौं : निर्वाचन आयोगले हालसम्म ६६ जनालाई निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा स्पष्टीकरण सोधेको छ। ती मध्ये ९ जनालाई सचेत र १ जनालाई ध्यानकर्षण गराएको आयोगले जनाएको छ।

बिहीवारको पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्यालले मौन अवधि र त्यो भन्दा अघि आचारसंहिता उल्लंघन गरेकोमा विभिन्न व्यक्ति विरुद्ध उजुरी परेको र उल्लंघन भएकाको हकमा आयोगले कारवाही स्वरुप स्पष्टीकरण सोधेको जानकारी दिए।

'४८ घण्टा अगाडिबाट निर्वाचन आचारसंहिता पालनाम विशेष सजगता अपनाएको छ। निर्वाचन टोलिले अनुगमन गरिरहेको छ,'उनले भने।

क-कसलाई स्पष्टीकरण?

आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवालाई २४ घण्टे स्पष्टीकरण वैशाख २८ गते सोधिएको जानकारी दिएको छ। यस्तै नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई पनि आचारसंहिता उल्लंघन गरेकोमा आयोगले स्पष्टीकरण सोधेको छ। माओवादी केन्द्रकी वाग्मती प्रदेश कमिटी सदस्य तथा प्रचण्डकी छोरी गंगा दाहाललाई पनि स्पष्टीकरण सोधेको छ। 

'मौन अवधिमा विभिन्न क्रियाकलाप गरेकोमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्वा गुरुङ र नेकपा माओवादी केन्द्रका वाग्मती प्रदेश कमिटी सदस्य गंगा दाहाललाई वैशाख २८ गते २४ घण्टे स्पष्टीकरण सोधेको छ,'अर्यालले भने।

मौन अवधिमा गुरुङले मत माग्न अपिल गरेको भिडियो सार्वजनिक गरेको र व्यक्तिगत फेसबुक पेजमा गंगा दाहालले चितवनका उम्मेदवारलाई मत मागेको आयोगको भनाइ छ। 

यस्तै, नेकपा माओवादी केन्द्रका कलैया उपमहानगरका वडा नम्वर २३ का वडा अध्यक्षका उम्मेदवार विक्रम साहले टिसर्टमा चुनाव चिह्न लगाएर प्रचारमा संलग्न भएकाले स्पष्टीकरण सोधिएको छ। 

यस्तै, पर्यटन मन्त्री प्रेमबहादुर आलेलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ।

'प्रेम बहादुर आलेलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा स्पष्टीकरण सोधिएको छ। डोटीको जोरायल गाउपालिकामा वैशाख २६ मा भएको चुनावी सभामा पार्टीलाई मत मागेको, तडकभडक गर्दै मत मागेको र एमाले उम्मेदवार दुर्गादत्त भट्टको चरित्र हत्या गरेको। ज्यान मार्ने धम्की दिएकोमा उजुरी परेको छ,'अर्यालले भने।

वीरगंज महानगरपालिका प्रमुखमा एमालेका उम्मेदवार विजय सरावगीलाई पनि आचारसंहिता उल्लंघन गरेकोमा स्पष्टीकरण सोधिएको छ। वैशाख २६ मा राति १२ गते मतदाताको घरमा प्रवेश गरी मतदातालाई प्रभाव पार्न पैसा बाँडेकोमा उजुरी परेकाले आयोगले सरावगीलाई स्पष्टीकरण सोधेको हो। 

मतदानका दिनमा वर्षा हुन सक्ने भएकाले वर्षाका कारण मतदान प्रभावति हुन नदिन व्यवस्था मिलाउन आयोगले सरकारका सम्बन्धित निकायलाई निर्देशन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell