PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

रातो मछिन्द्रनाथ र मीननाथको रथबाट खसालियो नरिवल



पहिलोपोस्ट

रातो मछिन्द्रनाथ र मीननाथको रथबाट खसालियो नरिवल

ललितपुरः रातो मछिन्द्रनाथ र मीननाथको रथबाट नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ।

लगनखेल पुर्‍याइएको रथलाई हिजो मां सिमा परिक्रमा गराएर थतिटोल पुर्‍याइएको थियो। बिहीबार थतिटोलमा मछिन्द्रनाथको रथ बनाउने थकालीले रथको टुप्पोबाट नरिवल खसालेका हुन्।

नरिवल खसाल्नु पूर्व थकालीले चारैतिरै यस्मरी खसालेका थिए। यसरी फालिएको यस्मरी पाउने व्यक्तिलाई सुख लाभ हुने जनविश्वास रहेको छ। यस्मरी खसालेपछि भने नरिवल खसालिएको थियो।  

मछिन्द्रनाथको रथबाट नरिवल खसाल्ने काम सकिएपछि मीननाथको रथबाट समेत यस्मरी र नरिवल खसालिएको थियो।

नरिवल खसालेको हेर्न ललितपुरको जीवित देवी कुमारीलाई समेत ल्याइएको थियो।

अब महिलाहरुले मछिन्द्रनाथको रथलाई थतिटोलबाट तानेर इतिटोल पुर्‍याउनेछन्। अरु बेला पुरुषहरुले मात्र तान्ने एक दिन भने महिलाहरुले मात्रै तान्ने गर्छन्। 

रथ इतिटोल पुगेपछि साइत हेरेर रथलाई जावलाखेल पुर्‍याउने गरिन्छ। रथलाई जावलाखेलसम्म तान्ने दिनको अघिल्लो दिन पनि रथबाट नरिवल खसाल्ने गरिन्छ। सो दिन भने रातिमात्रै नरिवल खसाल्ने गरिन्छ।

जावालाखेलमा भोटो देखाइसकेपछि रातो मछिन्द्रनाथको रथलाई बुङ्गमती फिर्ता लगेपछि रथयात्रा समापन हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell