PahiloPost

Jul 4, 2025 | २० असार २०८२

चेन्नइ ९७ रनमै समेटिँदा मुम्बइको सहज जित



पहिलोपोस्ट

चेन्नइ ९७ रनमै समेटिँदा मुम्बइको सहज जित
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलेमा मु्बइ इण्डियन्सले चेन्नइ सुपर किंग्सलाई हराएको छ। मुम्बइस्थित वानखेडे स्टेडियमम सम्पन्न खेलमा मुम्बइले चेन्नइमाथि ५ विकेटको सानदार जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइ फितलो ब्याटिङ गर्दै १६ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनमै समेटिएको थियो। जवाफी ब्याटीङमा उत्रिएको मुम्बइले ५ विकेट गुमाएर १४.५ ओभरमा लक्ष्य पुरा गर्‍यो।

सुरुवाती ब्याटिङ गरेको चेन्नइका लागि कप्तान महेन्द्रसिंह धोनीले सर्वाधिक अविजित ३६ रन बनाउँदा ड्वेन ब्राभोले १२ र अम्बाती रायडू र शिवम दुवेले समन १० रन जोडे। चेन्नइलाई झिनो अन्तरमा रोक्न मुम्बइका ड्यानियल स्याम्सले सर्वाधिक ३ विकेट लिँदा रिले मेरेडिथल र कुमार कार्तिकेयाले समान २ विकेट लिए। त्यस्तै जसप्रीत बुमराह र रमनदीप सिंहले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बइका लागि तिलक वर्माले सर्वाधिक अविजित ३४ रन बनाउँदा कप्तान रोहित शर्मा र रितिक शोकिनले समान १८ रन बनाए। त्यस्तै टिम डेभिड १६ रनमा अविजित रहे।

जितसँगै तालिकाको पुछारमा रहेको मुम्बइले १२ खेलबाट ६ अंक जोडेको छ भने चेन्नइ ८ अंक जोडेर ९ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell