PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

सुरु भयो मतदान : तयार छन् बुथ, सुरक्षा पनि कडीकडाउ



पहिलोपोस्ट

सुरु भयो मतदान : तयार छन् बुथ, सुरक्षा पनि कडीकडाउ

काठमाडौं : स्थानीय तहको निर्वाचन सुरु भएको छ। आज बिहान ७ बजेबाट निर्वाचन सुरु भएको हो। देशका ७ सय ५३ स्थानीय तहमा एकै चरणमा निर्वाचन हुँदैछ। 

आजको निर्वाचनका लागि बिहानैदेखि निर्वाचन स्थल तयार पारिएको छ। निर्वाचनलाई लिएर सुरक्षा निकायको पनि सडकदेखि मतदान हुने स्थालसम्मै सक्रियता देखिन्छ। 

तयारी अवस्थाको निर्वाचन स्थल।

चुनावलाई व्यवस्थित बनाउन निर्वाचन हुने स्थानामा दुई दिन अघिदेखि नै तयारी सुरु भएको थियो। मतदान स्थललाई व्यवस्थित बनाउन सबै सुरक्षा निकायका साथै म्यादी प्रहरीहरु परिचालन भएका छन्। 

मुलुक संघीय संरचनामा प्रवेश गरेपछि पहिलोपटक २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो। 

निर्वाचन आयोगका अनुसार कूल ३५ हजार २२१ पदका लागि हुने निर्वाचनमा एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये ३९० जना निर्विरोध निर्वाचित भइसकेका छन्। 

यो पटक कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन्। निर्वाचनका लागि दश हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन्। 

यसपटक निर्वाचनमा दुई लाख ६० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित हुँदैछन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीसमेत उक्त संख्यामा सुरक्षाकर्मी परिचालन हुन लागेका हुन्। 

अघिल्लो पटक भएको स्थानीय तहका तीनै चरणका निर्वाचनमा ७० प्रतिशतभन्दा बढी मत खसेको थियो। संघीय संरचनामा भएको पहिलो निर्वाचनमा एमाले पहिलो दल बनेको थियो। एमालेले स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य गरेर १० हजार ९१२, कांग्रेस ८ हजार ६७९ र माओवादी केन्द्रले चार हजार १२३ पदमा जीत हासिल गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell