PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

गृहमन्त्री बालकृष्ण खाणले गरे मतदान



पहिलोपोस्ट

गृहमन्त्री बालकृष्ण खाणले गरे मतदान

काठमाडौं: गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन्। उनले तिलोत्तमा नगरपालिका - ८ ज्योति मा वि ज्योतिनगर मतदान केन्द्रमा मतदान गरेका हुन्।

स्थानीय तहको निर्वाचन सुरु भएको छ। आज बिहान ७ बजेबाट निर्वाचन सुरु भएको हो। देशका ७ सय ५३ स्थानीय तहमा एकै चरणमा निर्वाचन हुँदैछ। सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले, काठमाडौं मेयरका उम्मेद्वार केशव स्थापित, ललितपुर मेयरका उम्मेद्वार चिरीबावु महर्जनलगायतले पनि बिहानै मतदान गरिसकेका छन्।

निर्वाचन आयोगका अनुसार कूल ३५ हजार २२१ पदका लागि हुने निर्वाचनमा एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये ३९० जना निर्विरोध निर्वाचित भइसकेका छन्।

यो पटक कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन्। निर्वाचनका लागि दश हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell