PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

पोखरा महानगरका प्रमुख तीन प्रत्यासीले गरे मतदान



पहिलोपोस्ट

पोखरा महानगरका प्रमुख तीन प्रत्यासीले गरे मतदान

पोखरा : पोखरा महानगरका प्रमुख प्रत्यासी धनराज आचार्य,कृष्ण थापा र गनेस पौडेलले मतदान गरेका छन्।

शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो।  प्रमुख प्रत्यासी थापाले पोखरा १६ स्थित विन्दवासिनी मतदान स्थलको केन्द्र 'क' मा सवा सात बजे मतदान गरेका छन्। यस्तै अर्का प्रमुख प्रत्यासी आचार्यले  पनि बिहान वडा नम्बर ३३ को शान्ति उदय मावि मतदान स्थलको केन्द्र ‘ख’ बाट मतदान गरेका छन्।

त्यस्तै अटेरी अभियानबाट प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलले पोखरा १४ स्थित रामेश्वरी माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell