PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

मतदान सुरु नहुँदै दोलखाको वैत्यश्वरमा झडपः तीन मतदान केन्द्र तनावग्रस्त, प्रहरीले चलायो गोली



पहिलोपोस्ट

मतदान सुरु नहुँदै दोलखाको वैत्यश्वरमा झडपः तीन मतदान केन्द्र तनावग्रस्त, प्रहरीले चलायो गोली

दोलखाः दोलखाको वैत्यश्वर गाउँपालिकाका तीन मतदान केन्द्रमा औपचारिक रुपमा मतदान सुरु नहुँदै तनाव भएको छ। नेपाली कांग्रेस निकटका स्थानीयले अन्य दल निकटका मतदातालाई मतदानस्थलमा जान बाटो अवरोध गरेपछि विवाद भएको हो। वैत्यश्वरको गैरीमुदी, पुतलीकाठ  र मझुवा मतदान केन्द्रमा विवाद भएको हो। 

गएरातिदेखिनै मतदान केन्द्र जाने बाटो समेत अवरुद्ध गरिएको स्थानीयले बताएका छन्। 

स्थिति नियन्त्रणका लागि प्रहरीले हवाइ फायर समेत गरेको छ।  'स्थिति नियन्त्रणमा लिनको लागि हवाइ फायर भएको हो। कुनै मानवीय क्षति भएको छैन,' दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले भने।

गैरीमुदी, पुतलीकाठमा ०७४ को मतदानमा पनि झडप भएको थियो। दुबै केन्द्रमा कांग्रेसले बुथ कब्जा गरेको थियो।

गाउँपालिकाको नेतृत्वका लागि कांग्रेस, एमाले र माओवादी केन्द्र तथा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार चुनावी मैदानमा छन्। सत्ता गठबन्धनले उक्त पालिकाको भागबन्डामा कांग्रेसलाई नेतृत्व दिए पनि माओवादी केन्द्र र समाजवादीले गठबन्धन गरेका छन्।

माओवादी केन्द्रका लक्ष्मण खड्काले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका छन्। कांग्रेसबाट निवर्तमान अध्यक्ष छवि लामा चुनावी मैदानमा छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell