PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले खसाले मत



पहिलोपोस्ट

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले खसाले मत

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मतदान गरेका छन्।

आज बिहान साढे ८ बजेतिर उनले मतदान गरेका हुन्। काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर वरिष्ठ उपाध्यक्ष ढकालले मत खसालेका हुन्।

मुलुक संघीय संरचनामा प्रवेश गरेपछि पहिलोपटक २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो।

निर्वाचन आयोगका अनुसार कूल ३५ हजार २ सय २१ पदका लागि हुने निर्वाचनमा एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये ३ सय ९० जना निर्विरोध निर्वाचित भइसकेका छन्।

यस पटक कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन्। निर्वाचनका लागि दश हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell