PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

माधव नेपालको निर्वाचन आयोगलाई चेतावनी : यो पाराले चल्नेवाला छैन, थपलिया : मतदान गर्न पाउँदा गर्व लाग्यो



पहिलोपोस्ट

माधव नेपालको निर्वाचन आयोगलाई चेतावनी : यो पाराले चल्नेवाला छैन, थपलिया : मतदान गर्न पाउँदा गर्व लाग्यो
फाइल फोटो

काठमाडौं : स्थानीय तह निर्वाचनको मतदान भइरहेको छ। ७ सय ५३ स्थानीय तहमा बिहानैदेखि मतदाता लाइनमा बसेर मतदान गरिरहेका छन्। पूर्व प्रधानमन्त्री, शीर्ष नेता तथा संवैधानिक नियकायका प्रमुखहरुले पनि आफ्नो मतदाता नामावली भएको ठाउँमा मतदान गरेका छन्।

'यहीँ पाराले चल्नेवाला छैन'

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको रामजानकी मन्दिरको मतदान केन्द्रमा मत खसालेका छन्। मतदानपछि उनले निर्वाचन आयोग पैसा र भोज भतेर रोक्न असफल भएको टिप्पणी गरे।

'सबै ठाउँमा पैसाको विगविगी र भोजतेरको लर्को। पैसा र भोजभतेर रोक्नका लागि निर्वाचन आयोग सफल भएको पाइँदैन। यही पाराले चल्नेवाला छैन। उनीहरुले आफूलाई कसरी प्रभावकारी बन्ने हो? र, त्यसका निम्ति प्रहरी प्रशासनको भूमिका महत्वपूर्ण छ।

'जित हार स्वभाविक'

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्। उनले मतदातालाई आत्माविश्वासका साथ मतादनमा सहभागी हुन आग्रह गरे। उनले जित हार स्वभाविक भएको बताए। 'जित्ने र हार्ने कुरा निर्वाचन प्रक्रियामा स्वभाविक हो भनेर मान्नुपर्छ,' प्रचण्डले भने।

'मतदान गर्न पाउँदा गर्व लाग्यो'

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले जनप्रतिनिधि छनोटका लागि मतदान गर्न पाएकोमा आफूलाई खुसी लागेको बताएका छन्। थपलियाले भक्तपुरको मध्यपुर थिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका छन्। सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ उनले भने, 'पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको छ। आम मतदातालाई  उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गर्दछु।'

संघीयता विकासका लागि फलदायी : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन्। मतदान पछि उनले सङ्घीयताबाटै देशको विकास सम्भव भएको बताए।

'सङ्घीयता विकासका लागि फलदायी भएको छ। स्थानीय तहले विकासको खाका कोरेको छ, सङ्घीयता सफल हुँदैछ र सङ्घीयताबाट देशको विकास र उन्नति सम्भव छ,' उनले भने। एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका प्रमुख पदको उम्मेदवारी दिएका केशव स्थापितले पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गरेका छन्। उनले मतदान पछि निकै राम्रोगरी मतदान भइरहेको बताए। उनले आज मतदाता प्रभावित पार्नेगरी बोल्न नहुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell