
काठमाडौः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गरेका छन्।
बिहान भरतपुर महानगरपालिका– १४ मा रहेको नेपाल पुलिस स्कुल मतदान केन्द्रमा स्थानीय तह निर्वाचनको उम्मेदवारलाई मतदान गरेका हुन्। भरतपुर महानगरपालिकामा गठबन्धनबाट रेणु दाहाल प्रमुख पदमा उम्मेदवारी दिएकी छिन्। उनी प्रचण्ड पत्नी हुन्।