
काठमाडौं : नेकपा एमालेबाट काठमाडौं महानगरपालिका उपप्रमुख उम्मेदवार सुनिता डंगोलले मतदान गरेकी छिन्।
आज बिहान लगनस्थित फसिगा: मतदान केन्द्र पुगेर उनले मत हालेकी हुन्।
आज बिहान ७ बजेदेखि स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ। बेलुकी ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ।