PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

गुल्मीको धुर्कोटमा मतदान सुरू



पहिलोपोस्ट

गुल्मीको धुर्कोटमा मतदान सुरू

गुल्मीः गुल्मीको धुर्कोट गाउँपालिकामा मतदान सुरू भएको छ। सात वटा वडा रहेको धुर्कोट गाउँपालिकामा समयमै मतदान सुरू भएको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन।

सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सुरू भएको उनले बताइन्। निर्वाचनलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा स्वयंसेवक परिचालन गरिएको छ। निर्वाचनमा मतदाताको बिहानैदेखि उत्साहजनक सहभागिता रहेको छ। 

निर्वाचन आयोगले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, लालपूर्जाका आधारमा पनि मतदान गर्न दिने व्यवस्था गरेकोको मतदाता परिचयपत्र नभएका मतदाहरूले पनि मतदान गर्न पाउने पौडेलले बताइन।

धुर्कोटमा १८ हजार ८७० जना मतदाता रहेका छन्। ११ वटा मतदान केन्द्र रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell