PahiloPost

Jun 16, 2026 | २ असार २०८३

जित र हार निर्वाचनको स्वभाविक प्रक्रिया होः अध्यक्ष दाहाल



रासस

जित र हार निर्वाचनको स्वभाविक प्रक्रिया होः अध्यक्ष दाहाल

चितवन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्।

मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भय रहित वातावरणमा आत्मविश्वासका साथ स्वतन्त्रतापूर्वक मतदान सहभागी हुन मतदातालाई  अपिल गरे। अध्यक्ष दाहालले भने, 'उहाँले स्थानीय तह नै जनताको विश्वास, समृद्धि, शान्ति र स्थिरताको आधारशीला भएको हो।'

सञ्चारकर्मीको जिज्ञासामा उनले भने, 'जित्ने र हार्ने कुरा निर्वाचन प्रक्रियामा स्वभाविक हो भनेर मान्नुपर्छ। यो गठबन्धन देशका सबै तह, तप्का र जनताको बिचबाट जन्मिएको हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell