.jpg)
वीरगंज : जनता समाजवादी पार्टीबाट वीरगंज महानगरपालिका प्रमुख पदका उम्मेदवार राजेशमान सिंहले मतदान गरेका छन्। सिंहले वीरगंज-३ स्थित मालपोत कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्।
आज बिहान ७ बजेदेखि स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ। बेलुकी ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ।
उनको विरुद्ध नेकपा एमालेले विजय सरावगी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गिरिश गिरिलाई उम्मेवार बनाएको छ।