PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

मकवानपुरमा मतदान सुरु, मतदाता उत्साहित 



पहिलोपोस्ट

मकवानपुरमा मतदान सुरु, मतदाता उत्साहित 

हेटौँडाः मकवानपुरमा जिल्लामा मतदान सुरु भएको छ । दश वटै स्थानीय तहमा बिहान ७ बजेटबाट मतदान सुरु भएको हो। कतिपय केन्द्रमा मतदाता बिहानैदेखि लाइनमा बसेका थिए। 

जारी मतदानमा हेटौंडा उपमहानगरपालिका ६ स्थित वंशगोपाल माद्यमिक विद्यालयस्थिति मतदान केन्द्रमा पुगेर राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । त्यस्तै वाग्गमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा ११ स्थित त्रिभुवन मावि मतदान केन्द्रमा पुगेर मतदान गरे। 

मकवानपुरमा २ लाख ९४ हजार ९१९ मतदाता छन्। 

जिल्लाको १० वटा स्थानीय तह मध्ये सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगरपालिकामा छन्। हेटौंडामा ५० हजार ७२५ जना पुरुष, ५३ हजार ७ सय ४५ महिला र ३ जना अन्य गरी १ लाख ४ हजार ४७३ जना मतदाता रहेका छन् ।

निर्वाचन आयोगका अनुसार मकवानपुरमा मतदानस्थलको संख्या १६५ र मतदान केन्द्रको संख्या ३५६ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell