PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मतदानमा उत्साह : कोही काखे नानी च्यापेरै, कोही ह्विल चियरमै पुगे बुथमा

मतदानमा उत्साह : कोही काखे नानी च्यापेरै, कोही ह्विल चियरमै पुगे बुथमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : बिहान ७ बजेदेखि देशभर स्थानीय तहको निर्वाचनमा मतदान गर्न सर्वसधारणको उत्साहप्रद उपस्थिति देखिएको छ। देशभरका ७ सय ५३ स्थानीय तहमा आज (शुक्रवार) एकै पटक निर्वाचन हुँदैछ। ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४६० गाउँपालिकामा एकैपटक निर्वाचन सम्पन्न हुँदैछ।

शुक्रवार बिहान भक्तपुर बहुमुखी क्याम्पसमा मतदान गर्नेहरुमा देखिएको उत्साहले स्थानीय तहको नयाँ नेतृत्व चयनमा रहेको चासो प्रकट गरिरहेको थियो। मतदान गर्न वृद्धदेखि, काखे नानी च्यापेर पनि मतदाता उपस्थित देखिए। शारिरीक रुपमा अशक्त र अपाङ्ग समेत मतदानमा सहभागी भएको देखियो। यही केन्द्रमा ९० वर्षीय आशाबहादुर हाकु दुवाल पनि ह्विल चियरमा बसेर बिहानै भोट हाल्न पुगेका थिए।

भक्तपुरमा देखिएको यो दृश्यले मुलुकभर स्थानीय तह निर्वाचनप्रति देखिएको उत्साहलाई प्रतिविम्वित गर्छ।



ट्रेन्डिङ पोस्ट

Ncell