PahiloPost

May 23, 2025 | १० जेठ २०८२

चुनावपछि गठबन्धनको समीक्षा हुने भन्दै शेखरले भने : स्थानीय तह निर्वाचनलाई गैरराजनीतिक बनाउनुपर्छ



अनन्तराज न्यौपाने

चुनावपछि गठबन्धनको समीक्षा हुने भन्दै शेखरले भने : स्थानीय तह निर्वाचनलाई गैरराजनीतिक बनाउनुपर्छ

विराटनगर : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय तह निर्वाचनलाई गैरराजनीतिक बनाउन पर्ने बताएका छन्। आज विराटनगर महानगरपालिकाको आर्दश उच्च माध्यामिक विद्यालयस्थित निर्वाचन केन्द्र पुगेर मतदान गरेपछि संचारकर्मीहरुसँगको कुराकानीमा उनले स्थानीय तह निर्वाचनलाई गैरराजनीतिक बनाउनपर्ने बताएका हुन्।

भने, ‘स्थानीय तह निर्वाचनलई नन पोलिकटिकल बनाउनुपर्छ। यो निर्वाचन पोलिटिकल हुँदा ध्रुवीकरण धेरै भयो।’

कोइरालाले प्रदेश र प्रतिनिधिसभा निर्वाचन भने दलीय नै हुनुपर्ने मत राखे।

यस्तै, उनले सत्तारुढ गठबन्धनको भविष्यको समीक्षा स्थानीय तह निर्वाचन पछि हुने प्रतिक्रिया दिए। नेपाली कांग्रेसबाट महानगर प्रमुख उम्मेदवारमा नागेश कोइराला र नेकपा एमालेबाट सागर थापा चुनावी दौडमा छन्।

आज बिहान ७ बजेदेखि स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ। बेलुकी ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell