PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

बाबुरामले उल्लंघन गरे गोप्य मतदान गर्नुपर्ने नियम, भट्टराईलाई होला १५ हजार रुपैयाँ जरिवाना?



पहिलोपोस्ट

बाबुरामले उल्लंघन गरे गोप्य मतदान गर्नुपर्ने नियम, भट्टराईलाई होला १५ हजार रुपैयाँ जरिवाना?

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गोप्य मतदान सम्बन्धि नियम उल्लंघन गरेका छन्।

उनले गोरखाको अन्नपूर्ण माविमा आज बिहान मतदान गरेका थिए। भट्टराईले मतपत्रमा छाप लगाउँदै गरेको तस्विर समेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। फोटोमा उनले कुन चिन्हमा मत दिए प्रष्ट देखिन्छ।

निर्वाचन आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले कसैले पनि गोप्य मतदान गर्नुपर्नेमा फोटो सार्वजनिक गर्नु निर्वाचन आचारसंहिता उल्लंघन भएको बताए।

'यस्तो कुरा आचारसंहिता उल्लंघनको विषय हो। यसलाई निर्वाचन आयोगले हेर्छ,' उनले भने।

निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ९ मा मत संकेत सार्वजनिक गर्न नहुने उल्लेख छ। सार्वजनिक गरेमा निर्वाचन अधिकृतले १५ हजार सम्म जरिवाना गर्न सक्ने व्यवस्था छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell