PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

बारामा कांग्रेस र लोसपा कार्यकर्ताबीच झडप, वडाध्यक्षका उम्मेदवार घाइते



पहिलोपोस्ट

बारामा कांग्रेस र लोसपा कार्यकर्ताबीच झडप, वडाध्यक्षका उम्मेदवार घाइते

बाराः बाराको देवताल गाउँपालिका -७ मा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका कार्यकर्ताबीच झडप भएको छ। 
झडपमा परी लोसपाका वडाध्यक्षका उम्मेदवार विकाससिंह गम्भीर घाइते भएका छन्। उनको टाउको फुटेको छ ।

अवस्थालाई साम्य पार्न प्रहरीले केही थान अश्रु ग्यास प्रहार गरी अवस्था नियन्त्रणमा लिइएको हो। सिंहले एक जना जेष्ठ नागरिकको मतपत्र खोसेपछि  विवाद सुरु भएको थियो। 

घाइते सिंहको उपचारको लागि कलैया ल्याइँदैछ। मतदान सुरु गराउन पहल भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell