PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

पर्सामा शान्तिपूर्ण मतदान, बिहान मतदान सुस्त



पहिलोपोस्ट

पर्सामा शान्तिपूर्ण मतदान, बिहान मतदान सुस्त

वीरगंज : आज बिहान ७ बजेबाट देशभर स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ। मधेश प्रदेशका जिल्लाहरुमा पनि बिहानै देखि मतदान भइरहेको छ।

पर्साका मतदान केन्द्रहरुमा शान्तिपूर्ण मतदान भइरहेको छ। मतदान भने केही सुस्त देखिएको छ।

एउटा केन्द्रमा एक घण्टामा ७०-८० जनाले मात्र मतदान गरिरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए।

पर्साका १४ वटा पालिकामा ४०७ वटा मतदान केन्द्रबाट राखिएको छ। अहिले मतदान स्थलमा मतदाताको लामो लाइन लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell