PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

मत खसालेर फर्किएका ८४ वर्षीय वृद्धको मृत्यु



रासस

मत खसालेर फर्किएका ८४ वर्षीय वृद्धको मृत्यु

बैतडीः बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दिपक विष्टले जानकारी दिए।

भाटको आज बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर पुग्ने बेला मुर्छा परेका र बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell