काठमाडौः सिन्धुपाल्चोकको मेलम्ची ४ स्थित ज्यामिरेमा मतदानको क्रममा विवाद भएको छ। आधिकारिक व्यक्तिले मत नहालेर अशक्त र अपांगको नाममा अरुले नै मत प्रभावित गर्ने गरी मतदान गर्ने विषय उत्कर्षमा पुगेपछि सुरक्षाकर्मी परिचालन गरिएको छ।
नेपाली सेना र प्रहरीलाई बाक्लो सङ्ख्यामा परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए।
'विवाद भएपछि सेना र प्रहरी परिचालन भइसकेको छ। अहिले अवस्था सामान्य भइसकेर निर्वाचन भइरहेको छ,' सीडीओ खनालले भने।
अहिले त्यहाँको अवस्था सामान्य रहेको छ। बिहान ७ बजेदेखि देशका ७ सय ५० स्थानमा स्थानमा निर्वाचन भइरहेको छ।
केही स्थानमा झडप भए पनि निर्वाचन स्थगित भएको गृह प्रशासनले आधिकारिक हिसाबले जनाएको छैन।