PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

भोट हालेर कसले के पायो?



पहिलोपोस्ट

भोट हालेर कसले के पायो?

काठमाडौं : १० वर्ष जनयुद्धले राजनीतिक परिवर्तन त ल्यायो। संविधानसभा मार्फत् संविधान बन्यो। संघीयतासँगै स्थानीय तह मार्फत गाउँ गाउँमा सरकार त बन्यो। तर, आम जनताको जीवनमा कति सुधार आयो? 

काठमाडौंको नागपोखरीको एउटा बेन्चमा सुस्ताइरहेका फर्पिङका बुद्धिराम तामाङले यो प्रश्नको जवाफ पाएका छैनन्। स्थानीय तह सदस्य निर्वाचनमा काठमाडौंमा रहेका मतदाता गाउँघरमा मतदानका लागि निस्किँदा तामाङ भने काठमाडौं झरे। 

'भोट हालेर के पाइन्छ?' उमेरले तीन विस छोएका उनले  प्रश्न तेर्साए, 'यत्रो वर्ष भोट हालियो के पाइयो? हामीलाई कसले के  दियो? हामीले भोट दियौँ। जसलाई दियौँ उनीहरुले पाए हामीले केही पाएनौँ।'

उनी यही अनुत्तरित प्रश्न मनमा लिएर काठमाडौं झरेका हुन्, उपचारका लागि। तर, देश चुनावमा होमिँदा अस्पताल पनि बन्द थिए। र उनी नागपोखरीको बेञ्चमा सुस्ताइरहेका थिए। झोला सिरानी हाल्दै।  

नजिकै बसेर कुरा गर्न खोज्दा उनी अकमकिए, अनी गुनासो गरे- 'सबै हाम्रो गरिबी अभाव बेच्ने त हुन्। न त हाम्रो कसैलाई प्रवाह छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell